माओवादी र समाजवादीले दाबी गरेजति सीट दिन सकिन्न: शेखर कोइराला


नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले सत्तारुढ गठबन्धनभित्रका कम्युनिस्ट पार्टीले दाबी गरेअनुसार सीट बाँडफाँड हुन नसक्ने बताएका छन् । बुधबार नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको चर्चा चलाइएको भन्दै आगामी चुनावमा उनीहरूले भनेअनुसार सीट दिन नसकिने बताएका हुन् ।‘माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा जसरी उठाइरहेका छन्, यो बार्गेनिङ गर्नका लागि हो । हामी नै सबै हौं भन्ने उनीहरूलाई लागेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस नै ठूलो पार्टी हो’, कोइरालाले भने ।

आगामी चुनावमा कांग्रेसलाई कम क्षति हुने गरी चुनावी तालमेल गर्नुपर्ने उनले बताए । ‘प्रदेश र संघको निर्वाचनमा होमिँदै छौं, कांग्रेसलाई कम क्षति हुने गरी कसरी जाने भनेर छलफल भइरहेको छ,’ उनले भने ।आगामी पाँच वर्ष कांग्रेसको नेतृत्वमा स्थिर सरकार बनाउने गरी चुनावी तालमेल हुने पनि उनले बताए । गठबन्धनमा रहने दलहरूले पनि पाँच वर्ष कांग्रेसको नेतृत्वमा सरकार बनाउने सुनिश्चितता गर्नुपर्ने उनले बताए । ‘सीट बाँडफाँड कसरी हुन्छ त म भन्न सक्दिनँ, तर जसरी माओवादीले सीट बाँडौं भनिरहेको छ, त्यसरी हुँदैन । २०७४ सालको चुनावको नतिजाको आधारमा सीट बाँडफाँट हुन सक्दैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *