यादव पक्षले गरेको कारबाही खारेज गर्दै भट्टराईले गरे पार्टी पुनर्गठनको घोषणा

डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षले गरेको कारबाहीको निर्णयलाई खारेज गरेका छन् ।
शुक्रबार राति फेसबुकबाट उनले यादव पक्षले स्वेच्छाचारी शैलीमा अवैधानिक, अराजनीतिक र अनैतिक रूपमा आफूसहितका केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई पदमुक्त गरेको घोषणा गरेको बताएका छन् ।”हामी यस कारबाहीको घोर भत्सर्ना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौँ । यो परिस्थितिमा अब हाम्राे सामु पार्टी पुनर्गठनको विकल्प रहेन । तसर्थ, पार्टी रूपान्तरणका लागि अनवरत रूपमा लागिरहनु भएका केन्द्रीय सदस्यहरूलगायत तहगत रूपमा सबै तहका नेताकार्यकर्ताहरूलाई पार्टी पुनर्गठनका लागि हार्दिक अपिल गर्दछौँ,” उनले भनेका छन् ।