नेप्सेमा १७ लाख कित्ता बढी शेयर सुचिकृत
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १७ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज शुक्रबार एक लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो ।
आज स्वावलम्बन लघुवित्तको १९ प्रतिशतले हुन आउने १७ लाख ९१ हजार ७ सय कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।