ट्रम्पलाई झड्का, मत बदर मुद्दा खारेज
राष्ट्रपतीय चुनावमा पराजय भएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई एकपछि अर्को झड्का लागिरहेको छ ।
टेक्सास राज्यले मत बदरको माग दाबीसहित दायर गरेको मुद्दा सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
टेक्सासका महान्यायाधीवक्ताले गएको नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा जो बाइडेन विजयी भएका जर्जिया, मिसिगन, पेनसिलभेनिया र विसकन्सिनको नतिजा अवैध भएको दाबी गर्दै सर्वोच्च अदालतमा यो हप्ता मुद्दा दायर गरेका थिए ।
बीबीसीका अनुसार सर्वोच्च अदालतले उक्त माग दाबीसहितको मुद्दा खारेज गरेको छ। सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नै नरहेको जनाएको छ ।
मुद्दामा १९ राज्यका महान्यायाधीवक्ता र १२७ रिपब्लिकन सांसदहरुले समर्थन गरेका थिए ।