सर्वसाधारणलाई अप्पर हेवाखोलाको आइपिओ असार २४ गतेदेखि आउँदै


अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले असार २४ गतेदेखि सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्बसाधारणको लागि १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

जस मध्ये ३० हजार कित्ता कम्पनीका कर्मचारीका लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकि रहेको १३ लाख ९५ हजार कित्ता शेयरको लागि सर्वसाधारणको लागि आवेदन दिन सक्ने छन् ।

आईपिओमा असार २८ गतेसम्म दिन सकिने छ । आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *