नेकपाका ‘दश भाइ’लाई नशाबाट बाहिर आउन माधव नेपालको सुझाव


नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष  माधवकुमार नेपालले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ‘दश भाइ’लाई नशाबाट बाहिर आउन सुझाव दिएका छन् । शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई अनावश्यक गाली नगर्न पनि आग्रह गरे ।

“कथित दश भाइका विभिन्न अभिव्यक्ति म सुन्दैछु, अझै पनि दिमागबाट उनीहरूको नशा उत्रिएको छैन । तथानाम लेखिरहेका छन् । दासजस्तो भएर बसिरहेका छन्,” अध्यक्ष नेपालले भने, “उनीहरूमा कुनै मूल्यमान्यता छैन । पदीय गरिमा पाएका छैनन् । तर पनि अहिले हामीलाई धारे हात लगाउने दुस्साहस गरिरहेका छन्, नगरुन् ।”

उनले तत्कालीन नेकपामा विद्रोह जायज रहेको स्मरण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *