६० हजार बोरा युरिया मल नेपाल आइपुग्यो
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ६० हजार बोरा (तीन हजार मेट्रिक टन) युरिया मल ल्याएको छ ।भारतको कोलकाता बन्दरगाह हुँदै ५० हजार बोरा वीरगञ्ज र १० हजार बोरा विराटनगर आइपुगेको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक ब्रजेश झाले जानकारी दिए ।उनका अनुसार, २२ हजार मेट्रिक टन युरिया भारतको कोलकाता बन्दरगाहमा आइपुगेकोमध्ये तीन हजार मेट्रिक टन मल बिहीवार बिहान नेपाल भित्रिएको हो ।