प्रतिनिधिसभा बैठक बस्दै, विभिन्न विधेयकहरू प्रस्तुत हुने
आज सोमबार प्रतिनिधि सभाको बैठक बस्दै छ। दिउँसो १ बजेका लागि तय बैठकमा विभिन्न विधेयकहरू दफावार छलफलका लागि पेस तथा पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन विधयेका २०७९ दफावार छलफलका लागि पेस गर्नेछन्।
यस्तै, आर्थिक विधेयक २०७९ माथि छलफल गरी प्राप्त संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गरिने पनि संसद् सचिवालयले जनाएको छ।