सर्वोच्च बार निर्वाचन : लोकतान्त्रिक र प्रगतिशील समूहका आआफ्नै प्यानल
काठमाडौं । पुस ४ गते हुने सर्वोच्च अदालत बार एसोसियसनको चुनावी सरगर्मी शुरु भएको छ ।१५ सदस्यीय समिति, हुने निर्वाचनका लागि प्रगतिशील र लोकतान्त्रिक कानुन व्यवसायीहरुले प्यानल घोषणा गरेका छन् ।
लोकतान्त्रिक लयर्स एसोसियसन डीएलएले वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य र प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहले वरिष्ठ अधिवक्ता रविनारायण खनालको नेतृत्वमा प्यानल घोषणा गरेका हुन् ।
डीएलएको यस्तो छ टिम
वरिष्ठ अधिवक्ता शाक्य अध्यक्ष रहेको डीएलएलको उपाध्यक्षमा अधिवक्ता नमराज रिजाल छन् । त्यस्तै, सचिव ऋषिराम घिमिरे, सहसचिव शर्मिला श्रेष्ठ, कोषाध्यक्षमा विनोद कुमार कार्की, महिला सदस्य अमिता गौतम पौडेल छन् ।
सदस्यहरुमा अधिवक्ताहरु विजय कुमार प्रधान, ओमकृष्ण श्रेष्ठ, ज्योतिदेव पनेरू, विकाश शर्मा भट्टराई, राजेन्द्रप्रसाद साह, खडानन्द कंडेल, मिराज श्रेष्ठ, डा।रामहरि त्रिपाठी र निर्मला भण्डारी उमेदवार छन् ।
प्रगतिशिल समूहको प्यानलमा
प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहले वरिष्ठ अधिवक्ता खनाल रहेको १५ सदस्य रहेको प्यानल घोषणा गरेको छ । जसमा उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिव अन्जिता खनाल, कोषाध्यक्ष श्यामकुमार खत्री, सहसचिव शोभा कार्की र महिला सदस्यमा देवी रेग्मी उमेदवार छन् ।
सदस्यमा अधिवक्ताहरु कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, रमेशराज शर्मा सिग्देल, छविलाल घिमिरे, लेखनाथ भट्टराई र दिलकुमारी राई छन् ।