फिफा वरियता: नेपाल यथास्थानमै
फिफा वरियतामा नेपाल यथास्थानमा रहेको छ । विश्व फुटबल महासङ्घ फिफाले हिजो सार्वजनिक गरेको वरियताअनुसार नेपाल १७१औं स्थानमा यथावत रहेको हो ।
दक्षिण एसियाली देशमध्ये भारत १०४औं स्थानमा, माल्दिभ्स १५५, बङ्गलादेश १८६, भुटान १८९, पाकिस्तान २०० तथा श्रीलङ्का २०६औँ स्थानमा रहेका छन् ।
नेपालले एक महिनायता कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेलेको छैन । बङ्गलादेशबाहेक अन्य दक्षिण एसियाका सबै देशको वरियता यथावत रहेको छ । बङ्गलादेश भने फिफा वरियतामा दुई स्थान तल झरेको छ ।
गत साता बङ्गलादेश विश्वकप छनोटअन्तर्गतको खेलमा कतारसँत पराजित भएको थियो ।
वरियताको शीर्षस्थानमा बेल्जियम यथावत रहँदा फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो, पोर्चुगल पाँचौं, स्पेन छैटौं, अर्जेन्टिना सातौं, उरुग्वे आठौं, मेक्सिको नवौं तथा इटाली १०औं स्थानमा रहेका छन् ।