२९ मंसिरमा सडकमा शक्ति देखाउन कार्यकर्तासँग कांग्रेसको अपिल


काठमाडौं– विहीबार बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकले २९ गतेको सरकारविरुद्धको सडक संघर्षमा उत्रिनका निम्ति कार्यकर्तासँग अपिल गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले सरकारविरुद्धका प्रारम्भिक विरोधको कार्यक्रम सार्वजनिक गरेको छ।
अब सडकबाट नै कम्युनिस्ट सरकारको ज्यादतीविरुद्ध उत्रिने कांग्रेसले निर्णय गरेको छ। तनहुँमा बरिष्ठ नेता रामचन्द्र पौडेलमाथि प्रशासनले गरेको धरपकडको विरोधसहित विभिन्न मुद्दालाई कांग्रेसले सडक संघर्षको कारण बनाएको छ।अब पनि सरकार नसच्चिए ठीक नहुने कांग्रेसको ठहर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *