अनुशासन आयोगको बैठक,घनश्याम भुसालमाथिको कारबाही अनुमोदन


नेकपा एमालेको अनुशासन आयोगले स्थायी समिति सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने सिफारिसलाई अनुमोदन गरेको छ। मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको आयोगको पूर्ण बैठकले यसअघि गरेको सिफारिसलाई अनुमोदन गरेका हो।

यसअघि जेठ १८ मा अनुसन्धान आयोगका केशव बडालले सचिवालय बैठक राखेर उक्त बैठकमा भूसालको अभिव्यक्ति कारवाही योग्य भएको भन्दै कारवाही गर्न सिफारिस गरेका थिए ।

भूसालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीको हारको जिम्मा अध्यक्ष केपी शर्मा ओलीले लिनुपर्ने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *