नेप्सेमा इन्भेष्टमेन्ट र मेगा बैंकको शेयर कारोबार रोक्का
नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालको शेयर कारोबार रोक्का भएको छ । गत शुक्रबार दुवै बैंकले एक आपसमा मर्जमा जाने सम्झौता गरेसंगै नेप्सेमा कारोबार रोक्का भएको हो ।
सम्झौताअनुसार मर्ज पछि बन्ने बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहने छ भने अध्यक्ष र सीइओ इन्भेष्टमेन्ट कै रहने छन् । अन्य संचालक भने दुवै बैंकबाट प्रतिनिधित्व गर्ने छन् । त्यस्तै १००:९० को स्वापको लागि प्रारम्भिक सहमति भएको छ । मर्जरपछि ढिलोमा ६ महिना भित्र एकिकृत कारोबार हुने गरि काम हुने बताईएको छ ।
हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रहेको छ भने मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । १००:९० को स्वापमा मर्ज भए मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी ३२ अर्ब पुग्ने छ।
बैंकहरु मर्जमा जाँदा कारोबार रोक्का नहुने ब्यबस्था गर्नु पर्ने माग उठिरहेको बेला समयमा कानुनी निकास नहुँदा यी २ बैंकको कारोबार रोक्का हुन पुगेको हो ।