नेकपा एमालेको सचिवालय बैठक बस्दै, स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको बताइको छ ।
त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण बारे पनि बैठकमा छलफल गरिने बताइएको छ ।यसअघि आइतवार एमालेको केन्द्रीय कार्यालयको बैठक बसेको थियो ।
सोही बैठकले आजको सचिवालय बैठकको एजेण्डा तय गरेको हो ।