समृद्धि फाइनान्सको ७ लाख ७२ हजार कित्ता शेयर लिलाममा
समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रदमा अवितरित संस्थापक शेयर यहि असार १ देखि लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको ७ लाख ७२ हजार ६ सय ६६ कित्ता शेयर लिलाम गर्न लागेको हो।
यस लिलामको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिने छ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ ।
सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।
लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक तर्फ न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।