जनप्रतिनिधिलाई एकीकृत समाजवादीले दिने भनिएको प्रशिक्षण कार्यक्रम स्थगित


नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि गर्ने भनेको राष्ट्रिय अभिमुखीकरण कार्यक्रम स्थगित भएको जनाएको छ।

उपमहासचिव एवम् केन्द्रीय कार्यालय सचिव डा.गंगालाल तुलाधरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि स्थगित भएको जानकारी दिएका हुन्। उनले अर्को सूचना नभएसम्मका लागि कार्यक्रम स्थगित भएको जानकारी दिए।

केन्द्रीय सचिवालय बैठकले असार ५ र ६ गते दुई दिन काठमाडौंमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुका लागि अभिमुखीकण कार्यक्रम गर्ने निर्णय गरेको थियो। उक्त कार्यक्रममा स्थानीय तह निर्वाचनमा विजयी मेयर/उपमेयर/अध्यक्ष/उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख र वडाध्यक्ष सहभागी हुने भनिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *