मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको ओलीको जिकिर


नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनुका साथै संविधान निर्माणमा महत्वपूर्ण भूमिका निभाएका कारण जनताले संसदीय निर्वाचनमा पहिलो पार्टी बनाउने धारणा राखे ।

अध्यक्ष ओलीले आगामी संसदीय निर्वाचनमा अन्य कुनै वामपन्थी पार्टीसँग गठबन्धन नहुने बताएका छन् । उनले मुलुकमा एमाले मात्र वामपन्थी पार्टी रहेको जिकिर गर्दै अन्य पार्टीहरू वामपन्थी नभएको आरोप लगाए ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले नेकपा एकीकृत (समाजवादी) का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताएका छन् । उनले आफूले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने सम्बन्धमा कुनै आश्वासन नदिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *