पाँचौ संस्करणको ‘चेम्बर एक्स्पो २०२२’ असार २ गतेदेखि
नेपाल चेम्बर अफ कमर्सले असार २ देखि ६ गतेसम्म ‘चेम्बर एक्स्पो २०२२’ आयोजना गर्ने भएको छ । चेम्बरले काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहकार्यमा उक्त एक्स्पो आयोजना गर्न लागेको हो ।
पछिल्ला चार संस्करणहरूको सफलता पुर्वक आयोजना गरी सके पछि नेपाल चेम्बर अफ कमर्शले मेलाको पाँचौ संस्करणमा व्यापारिक अन्तक्र्रिया, आयात-निर्यातको सूचना आदान-प्रदान तथा नेपाली उत्पादनको बजारिकरणमा विशेष जोड दिएको जानकारी दिएको छ । मेलामा अन्तरराष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तरराष्ट्रिय क्षेत्रमा भईरहेका आर्थिक क्रियाकलाप, नविन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न नेपाली उद्योगी व्यवसायीहरूलाई सहयोग मिल्ने आयोजकको विश्वास छ ।
गुणस्तरीय सामान प्रयोग गर्न उपभोक्ता हित सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने दायित्वलाई प्रदर्शनीले प्राथमिकता दिने छ । निकासी अभिवृद्धि गर्ने उदेश्य लिई नेपाल चेम्बर अफ कमर्शले यस प्रदर्शनी मार्फत निकासीयोग्य वस्तुको प्रवद्र्घन गर्न सबै व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने तथा त्यसका लागि आवश्यक पहल कदमी समेत गर्ने उदेश्य राखेको छ ।