तीन मौसमी प्रणालीको नेपालमा प्रभाव, हावाहुरीसहित वर्षा
प्रदेश नम्बर-१ र मधेस प्रदेशमा अहिले आंशिकदेखि सामान्य बदली छ । अरू भू-भागमा आंशिक बदली छ । प्रदेश-१ र मधेसका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाका अनुसार अहिले नेपालमा तीन प्रकारका वायु चलायमान छन् ।
जसको प्रभावस्वरुप विगत केही दिनअघिदेखि वर्षा भइरहेको हो । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।
विभागले आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने जनाएको छ ।
बागमती प्रदेशसहित गण्डकी, मधेश र प्रदेश १ का थोरै स्थानमा वर्षाको सम्भावना रहेको समेत विभागले जननाएको छ । यी स्थानमा राति पनि पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।