राजनीतिक दलहरु प्रतिको वितृष्णाप्रति हामीले चिन्तन गर्नुपर्छ
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई वौद्धिक छलफलका लागि समय निकाल्न अनुरोध गरेका छन्।
उनले सबैको बिचमा छलफल गरेर अघि बढ्दामात्रै देशको विकास हुने बताए। अलि बौद्धिक छलफलका निम्ति समय पनि निकाल्नुस्। नागरिक समाजका बिचमा छलफल गर्दाखेरी उनीहरुको विश्वास जित्न सकिन्छ नेपालले भने।
प्रतिनिधिसभाको शुक्रवारको बैठकमा सम्बोधन गर्दै नेपालले प्राथमिकताको निर्धारण गरेर अघि बढ्नुपर्ने बताए। उनले अहिले विशेष समयमा नीति तथा छलफल आएको बताए। तर,देश विकासको समग्र खाका ल्याउन जरुरी भएको उनको भनाइ छ।
उनले काठमाडौंमा बालेन साह र धरानमा हर्क राई निर्वाचित हुनुमा नयाँ पुस्ताको राजनीति प्रतिको वितृष्णा भएको बताए।
विभिन्न ठाउँमा स्वतन्त्र उम्मेदवार जित्नुभएको छ। जनताले जिताउनुभएको छ। चाहे काठमाडौंमा बालेन र धरानमा हर्कजीको कुरा गर्नुस्। राजनीतिक दलहरु प्रतिको वितिष्णाप्रति हामीले चिन्तन गर्नुपर्छ, उनले भने।
नेपालले अहिले भ्रष्टचारले देश चुर्लुम्म डुबेको बताए। उनले भ्रष्टाचारको एकएक गरी छानबिन गर्नुपर्ने बताए।