संस्थापक शेयरधनीहरुलाई शेयरवापत ५० प्रतिशत रकम जम्मा गर्न महालक्ष्मीको आग्रह
महालक्ष्मी लाईफ इन्स्योरेन्सका संस्थापक शेयरधनीहरुले थप ५० प्रतिशत रकम जम्मा गर्नु पर्ने भएको छ । कम्पनीले बुधबार एक सूचना जारी गर्दै कसंस्थापक शेयरधनीहरुलाई शेयर वापतको थप ५० प्रतिशत रकम जम्मा गर्न भनेको हो ।
कम्पनीले जारी गरेको सूचनामा भनिएको छ’ गत बैशाख २५ गते बसेको विशेष साधारण सभाको निर्णय अनुसार अधिकृत, चुक्ता तथा जारी पुँजीबृद्धि गरि कम्पनीको प्रवन्धपत्रमा संशोधन गर्ने निर्णय भएको र सोही बमोजिम प्र्वन्धपत्रमा संशोधन समेत कमपनी रजिष्ट्रारको कार्यालयको अभिलेख भइसकेको ब्यहोरो जानकारी गराउँदै कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको ५९ औं बैठकले साविक संस्थापक शेयरधनिहरुबाट लगानी भएको रकमको थप ५० प्रतिशत रकम माग गर्ने निर्णय भएको छ’ ।
शेयरधनिहरुले कम्पनीको बेवसाइडमा उपलब्ध शेयर लगानी फारम पूर्णरुपले भरि उक्त फारम र कम्पनीको बैंक खातामा रकम जम्मा गरेको भौचरसहित कम्पनीको प्रधान कार्यालयमा बुझाउन समेत कम्पनीले अनुरोध गरेको छ । साथै उक्त रकम सूचना प्रकाशित मितिको ३० दिन भित्र जम्मा गर्न पनि सूचनामा भनिएको छ ।