समृद्धि फाइनान्सको संस्थापक शेयर लिलामीमा


समृद्धि फाइनान्स कम्पनी लिमिटेडको ५० हजार कित्ता संस्थापक शेयर बुधवारदेखि लिलामीमा आएको छ । कम्पनीले प्रतिकित्ता रू. १०० तोकेर उक्त शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेको हो ।

तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी विद्यमान संस्थापक शेयरधनीहरूले मात्र यो शेयर खरीदको लागि आवेदन दिन सक्नेछन् ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने कम्पनीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *