राष्ट्र बैंकले जेठ १२ गतेदेखि पाँच वर्षे अवधिको नागरिक बचतपत्र विक्री गर्ने


नेपाल राष्ट्र बैंकले जेठ १२ गतेदेखि पाँच वर्षे अवधिको नागरिक बचतपत्र विक्री गर्ने भएको छ । राष्ट्र बैंकले वार्षिक ११ प्रतिशत ब्याजदर रहेको रू। ३ अर्ब ३ करोड ६ लाख ६० हजार बराबरको नागरिक बचतपत्र विक्री गर्न लागेको हो ।

यो बचतपत्र नेपाली नागरिकले मात्र खरीद गर्न पाउने जानकारी राष्ट्र बैंकले दिएको छ । यो बचतपत्र खरीदका लागि जेठ ३१ गतेसम्म विक्री खुला गरिनेछ । इच्छुक खरीदकर्ताहरुले यो बचतपत्र खरीदका लागि न्यूनतम रू। १० हजारदेखि अधिकतम रू। १० हजारले माग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सक्नेछन् ।

असार ८ गतेदेखि निष्कासन मिति तय गरिएको यस बचपत्रको साँवा भुक्तानी मिति २०८४ साल असार ८ गते तय भएको छ । यो बचतपत्र खरीद गरेका लगानीकर्ताहरुले धितो राखी राष्ट्र बैंक र अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन समेत सक्ने राष्ट्र बैंकको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *