पोखरामा एक लाख २५ हजार मतगणना,आचार्यले कटाए ५० हजार मत


पोखरा महानगरपालिकाको प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यको अग्रता कायमै छ। उनले ५० हजार मत कटाएका छन्। उनको पछिल्लो मत ५० हजार ६१२ रहेको छ। त्यस्तै नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाको ४६ हजार ५८३ मत रहेको छ।

उपप्रमुखतर्फ भने गठबन्धनका उम्मेदवारलाई करिब ४ हजार मतको अन्तरले पछि पार्दै नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरूङले ५३ हजार १७३ मत प्राप्त गरेकी छन्।गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटले ४९ हजार ५८६ मत प्राप्त गरेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *