शाइन रेसुङ्गाको १ लाख ८० हजारभन्दा बढी कित्ता शेयर लिलामीमा


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले १ लाख ८० हजार ८६६ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । कम्पनीले एशियन डिष्ट्रिब्युटर्स प्रालिको नाममा रहेको ५३ हजार ५४ कित्ता, ग्लोबल ट्रेडिङ्ग कन्सर्न प्रालिको नाममा रहेको २२ हजार ३३८ कित्ता र सुधन भट्टराईको नाममा रहेको १ लाख ५ हजार ४७४ कित्ता संस्थापक शेयर विक्रीका लागि आइतवार ३५ दिने सुचना जारी गरेको हो ।

उल्लेखित शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् ।

शेयर खरीद गर्न इच्छुक आवेदकहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बुटवल, रुपन्देहीमा निवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उल्लेखित शेयर विक्री गरिने कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *