धरान उपमहानगरको मेयरमा स्वतन्त्र उमेदवार हर्क साम्पाङको निरन्तर अग्रता

सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार हर्क साम्पाङले अग्रता कायम गरेका छन् । उनी ९४२ मतले अगाडि छन् । उनले ९ हजार ९५० मत प्राप्त गरेका छन् ।
गठबन्धनका किशोर राईले ९ हजार ८ मत प्राप्त गरेका छन् । एमालेकी मञ्जु भण्डारीले ७ हजार ३४८ मत ल्याएकी छिन् ।
उपमेयरमा गठबन्धनका उमेदवार अइन्द्रबिक्रम बेघाले १० हजार ३४५ मतले अग्रता कायम राखेका छन् । एमालेका पदम इस्वोले ९ हजार ९३८ मत ल्याएर पछ्याइरहेका छन् ।
धरानमा ३२ हजार ९०४ मत गणना सकिएको छ। अहिले वडा नं। ११, १३ र १४ को मतगणना जारी छ ।