विराटनगरमा कांग्रेसका नागेश कोइरालालाई फराकिलो अग्रता
स्थानीय तह निर्वाचनअन्तर्गत विराटनगर महानगरपालिकाको प्रमुख पदमा कांग्रेस उमेदवार नागेश कोइरालाले फराकिलो मतान्तरको अग्रता कायम गरेका छन् ।
कोइरालाले १८ हजार ३६३ मत प्राप्त गर्दा नेकपा एमालेका सागर थापाको १३ हजार ८२९ मत आएको छ । कोइरालाभन्दा थापा ४५३४ मतले पछाडि रहेका छन् । स्वतन्त्र उमेदवार उमेश यादवको ६०४७ र राप्रपाका प्रह्लादप्रसाद साहको ३ हजार ६२९ मत आएको छ ।
यसैगरी, उपप्रमुखतर्फ नेकपा एमालेकी शिल्पा कार्कीले अग्रता कायम गरेकी छन् । कार्कीले १५ हजार ८९७ मत प्राप्त गरेकी छिन् भने जसपाका अमरेन्द्र यादवको ९ हजार ५४७ मत आएको छ । राप्रपाकी बिन्दा लुइँटेलको ४४०९ र स्वतन्त्र उमेदवार नमिता न्यौपानेले ३४४२ मत प्राप्त गरेकी छिन् ।