निर्वाचनलाई प्रभावित पार्ने जो कोही पनि कानून बमोजिम कारबाहीको भागीदार हुने


गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने, समाजमा शान्ति र सहिष्णुता बिथोल्ने तथा मतदातालाई स्वतन्त्ररूपले आफ्ना प्रतिनिधि छनोट गर्ने अवसरलाई प्रभावित पार्ने जो कोही पनि कानूनबमोजिम कारबाहीको भागीदार हुने जनाएको छ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरी केही राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारबाट निर्वाचन प्रचारप्रसारका नाममा आपसी द्वन्द्व, विवाद तथा झै-झगडाका छिटफुट घटना हुने गरेका, निर्वाचन आचारसंहिताको प्रतिकूलका केही क्रियाकलाप भइरहेका सूचना प्राप्त भएको जनाएको छ।

निर्वाचनलाई शान्त स्वच्छ, निष्पक्ष धाँधलीरहित तथा भयरहित वातावरणमा सम्पन्न गर्न सहयोग गर्नु सबैको कर्तव्य भएको जनाउँदै मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने जो कोही कानूनबमोजिम कारबाहीको भागीदार हुने उल्लेख गरेको छ। निर्वाचनको बहानामा कानूनविपरीतका गतिविधिमा संलग्न हुने र कानून हातमा लिने छुट कसैलाई पनि नभएको र त्यस्ता गतिविधिको सुरक्षा निकायबाट सुक्ष्म निगरानी भइरहेको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्ति जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *