९ महिनामा चिलिमे जलविद्युतले कमायो ५२ करोडभन्दा बढी नाफा

चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको ९ महिनामा रू. ५२ करोड २० लाखभन्दा बढी खुद नाफा गरेको छ । यस वर्ष गत वर्षको सोही अवधिको तुलनामा चिलिमेले १ दशमलव २४ प्रतिशत मात्र खुद नाफा बढाएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीको खुद नाफा रू. ५१ करोड ५६ लाखभन्दा बढी थियो ।
यस वर्ष कम्पनीको सञ्चालन नाफा भने साढे १ प्रतिशत कम भएको छ । गत वर्ष रू. ५५ करोड १८ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू.५४ करोड ३२ लाखभन्दा बढी मात्र यो नाफा गरेको हो । कम्पनीको गत वर्षभन्दा यस वर्ष वित्तीय आम्दानी २० दशमलव २४ प्रतिशत बढी भएकाले खुद नाफामा सामान्य बृद्धि देखिएको हो । गत वर्ष रू. १० करोड ८२ लाखभन्दा बढी वित्तीय आम्दानी गरेको कम्पनीले यस वर्ष रू. १३ करोड १ लाखभन्दा बढी यो आम्दानी गरेको हो ।
कम्पनीको विद्युत विक्री आम्दानी गत वर्ष रू. ८० करोड ९२ लाखभन्दा बढी रहेकोमा यस वर्ष करिब २ प्रतिशत बढेर रू. ८२ करोड ३४ लाखभन्दा बढी भएको छ ।