गठबन्धनमा समन्वय गर्न सम्बद्ध दलको सचिवालय क्रियाशील रहने


पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरूमा गठबन्धनका दलहरूबीच असमझदारी सिर्जना भएमा आपसी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सम्बद्ध दलका सचिवालय क्रियाशील रहने जनाएको छ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयका संयोजक एवं पार्टी केन्द्रीय सदस्य नानु बाँस्तोलाको अध्यक्षतामा गठबन्धनमा सामेल राजनैतिक दलका सचिवालय पदाधिकारी एवं सदस्यहरूको बैठकले सो निर्णय गरेको हो।

बैठकले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहार्द्र तबरले सम्पन्न गराउन गठबन्धनमा रहेका सबै राजनैतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिबद्ध रहने निर्णय गरेको छ।

यसैगरी गठबन्धनमा रहेका दलहरूबीच आपसी समझदारीमा दिइएका उम्मेदवारविरुद्ध गठबन्धनभित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्क्रिय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलको नेतृत्व समक्ष आग्रह गर्ने र त्यस्ता उम्मेदवारबारे हरेक दलले एक अर्कालाई जानकारी गराउने निर्णय गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *