ओली,बयलगाडा सिद्धान्तका प्रवर्द्धक अनि गफमा पीएचडी हुन्

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेको आलोचना गरेका छन्। बिहीबार सत्ता गठबन्धनको भरतपुरमा आयोजित सभामा सम्बोधन गर्दै उनले एमालेलाई आफैंले फलाएको बताए।
हेर्दाखेरि क्या राम्रो फर्सी फलेको जस्तो लाग्यो। त्यो फर्सी फलाएको हामीले नै हो। दाबाका साथ भन्छु, मैले नै हो। त्यो पार्टीको प्रमुख भएको नाताले। तर त्यो फर्सी अहिले कुहिसकेको छ। त्यो फर्सीको कुनै काम छैन। कुहिसकेको फर्सीतर्फ कसैले नहेरे हुन्छ। रोगब्याधि मात्रै लाग्छ, खानुभयो भने, सुंघ्नुभयो भने उनले भने।
भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा बोल्दै उनले ओलीलाई बयलगाडाको सिद्धान्तका प्रवर्द्धकदेखि गफमा पीएचडी गरेको भन्दै व्यङ्ग्य समेत गरे।