भारत र अस्ट्रेलिया बीचको तेस्रो टी २० खेल आज


नेपाली समय अनुसार दिउँसो १ः५५ बजेदेखि अस्ट्रेलिया र भारतबीचको को तेस्रो तथा अन्तिम टी २० खेल सिड्नीस्थित सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ ।
अस्ट्रेलियाको लागि प्रतिष्ठाको लडाइँ रहेको आजको खेलमा भारतले भने खेल जित्‍दै अस्ट्रेलियन भूमिमा श्रृंखला क्लिनस्वीप गर्न चाहन्छ ।


पहिलो टी २०मा घरेलु टोलीलाई ११ रनले हराएको भारतले दोस्रो खेलमा पनि ६ विकेटको जीत दर्ता गर्दै एक खेल अगावै श्रृंखला आफनो पोल्टोमा पारिसकेको छ ।

चोटका कारण अस्ट्रेलियाका कप्तान एरन फिन्च र ओपनर डेभिड वार्नर टोलीमा थिएनन् भने मुख्य बलरहरुलाई पनि टेस्टभन्दा अगाडि आराम दिइएको थियो ।

फिन्च यस खेलमा भने उपलब्ध हुने अपेक्षा गरिएको छ । भारतले पनि केही खेलाडीलाई आराम दिएको छ ।

टी२० श्रृंखलापछि भारत र अस्ट्रेलियाबीच चार टेस्ट पनि हुनेछन् । टेस्ट श्रृंखला डिसेम्बर १७ देखि सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *