उम्मेदवारी दर्ताको अन्तिम दिन,ठूला दलभित्र उम्मेदवार टुंग्याउनै सकस


आसन्न स्थानीय तह निर्वाचनका लागि आज मनोनयनपत्र दर्ताको दोस्रो तथा अन्तिम दिन । प्रमुख राजनीतिक दलका अधिकांश उमेदवारले मनोनयनपत्र दर्ता गराउँदै छन् ।

आइतबार पहिलो दिन न्यून मात्रामा मनोनयनपत्र दर्ता गरिएको छ । प्रमुख दलले उमेदवार टुंगो लगाउन ढिलाइ गर्दा अधिकांश मनोनयनपत्र दर्ता अन्तिम दिन हुने भएको हो । यद्यपि, पहिलो दिन पनि देशका विभिन्न पालिकामा केही राजनीतिक दल र स्वतन्त्रबाट मनोनयनपत्र दर्ता गराइएको छ ।

बिहान १० देखि बेलुका ५ बजेसम्म योग्यता पुगेका व्यक्तिले तोकिएबमोजिमको प्रक्रिया पूरा गरी मनोनयनपत्र दर्ता गराउन सकिने निर्वाचन आयोगले जनाएको छ । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई मनोनयनपत्र दर्ता गराउन सकिनेछ ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ताको पहिलो दिन आइतवार ठूला राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराउन खासै सकेका छैन्न् किनकि त्यहां विवादै धेरै देखिएको छ ।

स्थानीय तह निर्वाचन यही वैशाख ३० गते हुँदै छ । निर्वाचन कार्यतालिका यसअघि नै सार्वजनिक भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *