आईपीएलमा मुम्बइ इण्डियन्सको लगातार आठौं हार


इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार सम्पन्न खेलमा लखनउ सुपर जाइन्टले मुम्बइ इण्डियन्समाथि जित निकालेको छ। मुम्बइस्थित वानखेडे स्टेडियममा सम्पन्न खेलमा लखनउले ३६ रनको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो। लखनउका लागि कप्तान केएल राहुलले शतकीय पारि खेल्दै अविजित १०३ रन बनाउँदा मनिष पाण्डेले २२, आयुस बडोनीले १४ तथा दीपक होडा र क्विन्टन डी ककले समान १० रन बनाए।बलिङतर्फ मुम्बइका किइरन पोलार्ड र रिले मेरेडिथले समान २ विकेट लिँदा ड्यानियल साम्स र जसप्रीत बुमराहले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको मुम्बई ८ विकेट गुमाएर १३२ रनमा समेटियो। मुम्बइका लागि कप्तान रोहित शर्माले सर्वाधिक ३९ रन बनाउँदा तिलक वर्माले ३८ तथा किइरन पोलार्डले १९ रन बनाए। त्यसबाहेकका ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

बलिङतर्फ लखनउका क्रुणाल पाण्ड्याले सर्वाधिक ३ विकेट लिँदा मोसिन खान, जेसन होल्डर, रवि बिश्नोइ र आयुस बडोनीले समान १ विकेट लिए।आईपीएलको सबैभन्दा सफल टोली मुम्बइ इण्डियन्सको जारी सिजनको यो लगातार ८ औं हार हो। अर्कोतर्फ मुम्बइलाई हराउँदै लखनउ ८ खेलबाट १० अंक जोडेर शीर्ष चारमा उक्लिएको छ। अंकविहीन मुम्बइ तालिकाको पुछारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *