मेयरको उम्मेदवार बनेका केशव स्थापितले दिए प्रदेशसभा सदस्यबाट राजीनामा


बागमती प्रदेश सभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।

एमालेबाट काठमाडौँ महानगरको मेयरको उम्मेदवारी दिने पार्टीको निर्णयपछि उनी राजीनामा दिन आइतबार प्रदेश राजधानी हेटौँडा पुगेका थिए ।राजीनामा पत्र उनले प्रदेश सभामुख सानुकुमार श्रेष्ठलाई बुझाएका छन् ।

राजीनामापछि अब काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गरिने स्थापितले बताए।

प्रदेशको पूर्वभौतिक पूर्वाधारमन्त्रीसमेत रहेका उनी काठमाडौँ महानगरपालिकाको दोस्रो पटक मेयरमा उम्मेदवारी दिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *