सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिँदै


आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक नापिएको सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक गरिने नापी विभागले जनाएको छ ।चीनका राष्ट्रपति सी चिनफिङ गएको वर्ष नेपाल भ्रमणमा आउँदा सगरमाथाको उचाइ संयुक्त रूपमा सार्वजनिक गर्ने घोषणा भएको थियो ।
दुई वर्षअघिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक हुन लागेको हो ।

दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । मन्त्रिपरिषद्को मङ्सिर १० गतेको बैठकले उचाइ घोषणाको स्वीकृति दिएको हो ।

परम्परागत तथा आधुनिक गरि दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको पनि नापी विभागले जनाएको छ ।

अहिलेसम्म भारतले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *