रोमाञ्चक जित निकाल्दै गुजरात शीर्ष स्थानमै कायम


इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सम्पन्न दोस्रो खेलमा गुजरात टाइटन्सले चेन्नइ सुपर किंग्समाथि जित निकालेको छ। पुणेस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन स्टेडियममा सम्पन्न खेलमा गुजरातले ३ विकेटको जित निकालेको हो।

टस हारेर ब्याटिङमा उत्रिएको चेन्नइले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६९ रन बनाएको थियो। चेन्नइका लागि रुतुराज गाइक्वाडले सर्वाधिक ७३ रन बनाउँदा अम्बाती रायडूले ४६ रन बनाए। त्यस्तै कप्तान रवीन्द्र जडेजाले अविजित २२ रन बनाउँदा शिवम दुबेले १९ रन बनाए।

बलिङतर्फ गुजरातका अल्जरी जोशेफले २ विकेट लिँदा यस डायल र मोहम्मद शमीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको गुजरातले १ बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।गुजरातका लागि डेभिड मिलरले सर्वाधिक अविजित ९४ रन बनाउँदा कप्तान राशिद खानले आक्रामक ४० रन बनाए। त्यस्तै अविनभ मनोहरले १२ तथा ऋद्धिमान शाहले ११ रन जोडे।बलिङतर्फ ड्वेन ब्राभोले सर्वाधिक ३ विकेट लिँदा महीश टीकसनाले २ तथा मुकेश चौधरी र रवीन्द्र जडेजाले १ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *