आईपिओमा आवेदन दिने आज अन्तिम दिन
उपकार लघुवित्तको आईपिओमा आवेदन दिने आज चैत्र ३० गते अन्तिम दिन रहेको छ । कम्पनीले चैत्र २५ गतेदेखि आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । चैत्र २७ आइतबार सरकारले रामनवमीको अवसरमा सार्वजनिक विदा दिएकोले आवेदन दिने म्याद एक दिन थप गरि आज अन्तिम दिन कायम गरिएको हो।कम्पनीले प्रति शेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपिओ निष्काशन गरेको हो ।
जस मध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता शेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता शेयर समुहिल लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकि रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ । कम्पनीले आईपिओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ।