घरको पूजाकोठा यस्तो होस्


ठुलो होस् वा सानो, धनी होस् वा गरिब जसको घरमा पुगे पनि देखिन्छन् भगवान। घरमा बनाइएको पूजा कोठाको विशेष महत्व रहने गरेको छ । घरभित्र यो एक यस्तो स्थान हो जहाँ अन्य कोठाको तुलनामा शान्ति र सकारात्मक ऊर्जा प्राप्त हुन्छ । वास्तु शास्त्र अनुसार घरमा बनाइएको पूजा स्थल बनाउँदा केहि नियमको पालना गर्नु पर्दछ ।

१। घरमा बनाइएको मन्दिरमा एकै भगवानको दुई तस्बिर वा मूर्ती राख्नु हुदैँन । शास्त्रमा यस प्रकारको कार्यले घरमा अशुभ हुने र बिभिन्न समस्या झेल्नु पर्ने बताइएको छ ।
२। वास्तुशास्त्र अनुसार घरमा पूजा कोठा निर्माण गर्दा पश्चिम र दक्षिण दिशामा बनाउनु अशुभ मानिन्छ । त्यसैले घरमा पूजा कोठा बनाउँदा घरको पूर्व वा उत्तर दिशामा बनाउनु पर्छ ।
३। घरको पूजा कोठा शौचालयको छेउमा पार्नु हुदैन । यसका साथै भान्साको छेउमा समेत पूजा कोठा हुनु हुदैन ।
४। घरभित्र पूजा कोठा बनाउँदा सीढी मूनी समेत बनाउनु हुँदैन । यसो गर्नाले अशुभ फल प्राप्त हुन्छ ।
५। घरको मन्दिरमा शिवलिंग राख्न समेत शास्त्रमा बर्जित गरीएको छ । यदि राख्नै परेमा समेत औलाको आकारभन्दा ठुलो हुन नुहने मान्यता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *