नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी निलम्बित


सरकारले गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन्। विभिन्न आरोपमा छानिबन समिति गठबन भएसँगै अधिकारी निलम्बनमा परेका हुन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले समिति गठन गरेको हो।

पछिल्लो समय अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच द्वन्द्व बढेको थियो। त्यो द्वन्द्व सतहमै प्रकट हुन थालेको थियो। न्यायिक छानविन समिति गठन गर्दै गभर्नर अधिकारीलाई निलम्बन गरेको हो।

सर्वोच्चका पूर्व न्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको छ। समितिमा डा। सूर्य थापा र चन्द्रकान्त पौडेल छन्। यो समितिले अधिकारीमाथि लागेको आरोपको छानविन गरेर एक महिनामा प्रतिवेदन दिने कार्यादेश पाएको छ।

कार्यवाहक गभर्नरको जिम्मेवारी डिपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *