गठबन्धनका दलबीच जहाँ जो बलियो त्यहां उसैको दाबी : माधव नेपाल


नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जहाँ जसको शक्ति छ उसैले निर्वाचनमा दाबी गर्ने बताएका छन् ।

मंगलबार कपिलवस्तुको शिवराज नगरपालिका-२ मा कार्यकर्तालाई अध्यक्ष नेपालले जुन क्षेत्रमा जसको पकड राम्रो छ उसैले दाबी गर्ने बताएका हुन् ।यो क्षेत्रमा हामी बलिया छौँ। त्यसैले यहाँ हाम्रो दाबी रहने छ, उनले भने । नेता नेपालले मंगलबार बिहान पाँच दलबीच निर्वाचनमा मिलेर लड्ने सामूहिक रूपमा संकल्प भएको बताए ।

उनले वृद्ध भत्ताको रकम बढाएर पाँच हजार पुर्‍याउने समेत दाबी गरे । एमालेप्रति इङ्गित गर्दै अध्यक्ष नेपालले बृद्धभत्ता लागू गर्ने, विधवा महिला, एकल महिला, अपाङ्गता भएकालाई भत्ता लागू गर्ने आफ्नो दल रहेको बताउँदै अरु नक्कली रहेको टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *