डोटीमा जिप दुर्घटना, चार को मृत्यु


दिपायलबाट बोगटानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप गएराति साढे १ बजे पियुसीया भीरबाट २ सय मिटर तल खसेको छ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंहका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा डोटी चनकेसैनका ४० वर्षीय हरिनायारण भट्ट, बोगटान गाँउपालिका ७ का वडा सचिव २७ वर्षीया मञ्जु त्रिपाठी र उनकै ५५ वर्षीया सासुआमा छन् ।उपचार गर्न लैजाँदै गर्दा अर्का एक बालकको पनि मृत्यु भएको छ।
दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय डोटीबाट गए रातिनै प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *