आरटीजीएस संचालनको समयसीमा बढ्यो
आरटीजीएस संचालनको समयसीमा बढेको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आगामी बैशाख २ गतेदेखि लागु हुने गरि आरटीजीएस मार्फत सर्वसाधारणले कारोबार गर्न सक्ने सीमा बढाएको हो ।
नयाँ समयसीमा अनुसार आइतबारदेखि बिहिबार आरटीजीएस सेवा बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुने छ। तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने आरटीजीएस सेवा बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म संचालन हुने छ ।
शुक्रबार भने वर्षभरी नै बिहान ९ बजेद्केही दिउंसो १:३० बजेसम्म यो सुइविधा उपलब्ध हुने छ । सार्वजनिक विदाको दिन पनि आरटीजीएस प्रणाली सुचारु रहने भए राष्ट्र बैंकले आवश्यकता अनुसार सूचना प्रकाशन गर्ने गरेको छ ।