निर्वाचन आयोगको भूमिकाप्रति विपक्षी दल एमालेको आपत्ति


आसन्न स्थानीय तह निर्वाचनसँग सम्बन्धित केही निर्णयप्रति एमालेले आपत्ति निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनसँग सम्बन्धित केही निर्णयप्रति एमालेले आपत्ति जनाएको छ ।

आयोगले निकालेको स्थानीय तह निर्वाचनका लागि मनोनयनका लागि तोकिएको दुई दिने समयप्रति एमाले स्थायी कमिटी बैठकले आपत्ति जनाएको हो ।त्यस्तै आयोगले निर्वाचन मतपत्र हरियो रंगको बनाउने निर्णप्रति पनि एमाले स्थायी कमिटी बैठकले विरोध जनाएको हो । एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरूङले पहिलो स्थायी कमिटीको बैठकको निर्णय सार्वजनिक गर्दै आयोगको उक्त कार्यप्रति ध्यानाकर्षण गराएको जनाए ।

त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतपत्रको रङ बदल्ने निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्टि जनाएका छन् । उनले सत्ता गठबन्धनको समझदारीमै आयोगले सबै गरिरहेको समेत आरोप लगाए ।निर्वाचन आयोगको भूमिका तथस्ट हुनुपर्ने र सबैले विश्वास गर्ने खालको हुनुपर्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *