नयाँ सारथी लघुवित्तको साधारणसभा आह्वान
नयाँ सारथी लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले बैशाख १० गते भर्चुअल माध्यमबाट सभा गर्न लागेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र २०७७ असोज ५ गतेपछि कायम शेयरधनीलाई बोनसमा कर लाग्ने भएको कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र २३ देखि बैशाख १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।