चिनियाँ विदेशमन्त्री वाङ आज हाइकिङ जाँदै,त्यसपछि राजनीतिक भेटघाटमा व्यस्त रहने


तीन दिने भ्रमणका लागि नेपाल आएका चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यी आज हाइकिङ जाने भएका छन्। वाङ शनिबार बिहान हाइकिङ जाने सेड्युल रहेको जनाइएको छ। उनी हाइकिङका लागि शिवपुरी जान लागेका हुन्। यसअघि २०७६ भदौमा पनि नेपाल आएको अवसरमा उनले चन्द्रागिरि आसपासमा ट्रेकिङ गरेर बिताएका थिए।
शनिबार बिहानको हाइकिङ सकिएपछि उनले दिउँसोदेखि राजनीतिक भेटघाट सुरु गर्नेछन्।
उनको भ्रमण तालिका यस्तो रेहेको छ

शनिबार

–शनिबार बिहान ६ बजे शिवपुरी हाइकिङ,

–दिउँसो ३ बजेपछि वाङ र परराष्ट्रमन्त्री खड्काबीच प्रधानमन्त्री कार्यालयमा एक्लाएक्लै वार्ता,

–पौन चार बजेदेखि चिनियाँ र नेपाली प्रतिनिधिमण्डलको छलफल,

–छलफलपछि केही सम्झौतामा हस्ताक्षर,

–साँझ पौने ६ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा शिष्टाचार भेटवार्ता, आधा घण्टा कुराकानी।

–प्रधानमन्त्री देउवाको उपस्थितिमा भर्चुअल माध्यमबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको घोषणा एकसाथ हुनेछ,

–शनिबार साँझ साढे ७ बजे होटल द्वारिकाजमा रात्रिभोज,

आइतबार

–राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार बिहान १० बजे शीतल निवासमा शिष्टाचार भेटवार्ता,

–एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग हायातमा भेटवार्ता आइतबार हुनेछ।

–आइतबार बिहान ११ बजेपछि ओलीसँगको भेट,

–आइतबार पौने १२ बजेपछि प्रचण्डसँग होटल हायातमा भेट र

चिनियाँ विशेष विमानबाट आइतबार दिउँसो ३ बजे स्वदेश फिर्ता।

Leave a Reply

Your email address will not be published. Required fields are marked *