छुट्टाछट्टै दुई आक्रमणमा परी मालीमा १६ सैनिकको मृत्यु
अफ्रिकी मुलुक मालीमा भएका छुट्टाछट्टै दुई आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको छ । पछिल्ला केही वर्षयता हिंसात्मक आक्रमणको चपेटामा पर्दै आएको मालीमा भएका बेग्लाबेग्लै घटनामा १६ सैनिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हिंसात्मक घटनामा अरु १८ जना घाइते भएको बताइएको छ । आक्रमणपछि गरिएको जवाफी कारवाहीका क्रममा ३७ विद्रोही लडाकु पनि मारिएका र उनीहरूबाट ठूलो परिमाणमा हतियारहरू जफत गरिएको मालीको सेनाले जानकारी दिएको छ ।आक्रमणमा आतंकवादी संगठन इस्लामिक स्टेटको हात रहेको बताइएको छ ।