एमालेले टाँसी दिएको जुगाँमा ताहु लगाउँदै एमालेको बाकस खाली गर्छु भन्ने ?
एमालेबाटै चुनाव जितेका नेताहरूले आगामी चुनावमा एमालेको बाकस खाली गर्ने भनेर दिएका अभिव्यक्तिप्रति एमाले अध्यक्ष के पी ओलीले आक्रोश व्यक्त गरेका छन् । माधव नेपाल र झलनाथ खनालको नामै नलिई ओलीले यस्ता स्वार्थी तत्त्वलाई चुनावमा जनताले देखाइदिने ओलीले टिप्पणी गरे ।
झलनाथको निर्वाचन क्षेत्र इलामको फिक्कलमा आइतवार आयोजित सभामा ओलीले एमाले कार्यकर्ताले दिएको भोटको भत्ता खाइरहेकाहरूले एमालेको बाकस खाली गर्ने भनेकोमा आक्रोश व्यक्त गरेका हुन् ।
‘कम्युनिस्टको बर्को ओढेका अन्तरे जन्तरेहरूले राजीनामा गर्नुपर्दैन रु एमालेले लगाइदिएको सांसदको फुली बोकेर, विचार गर्नुस् त कतिसारो लाज नभएको होला ?,’ ओलीले भने, ‘एमालेले टाँसिदिएका जुँगा खौरिनु पर्दैन ? एमालेले टाँस्दििएको जुगाँमा ताहु लगाउँदै एमालेको बाकस खाली गर्छु भन्ने ? यस्ता गुन बिर्सने स्वार्थी तत्त्वलाई तपाईंहरूले जवाफ दिनुपर्छ ।’२०५४ सालमा एमालेले दुई तिहाइ ल्याउने सम्भावना रहेको बेला पार्टी फुटाइएको र अहिले पनि बहुमत ल्याउनबाट रोक्ने कोसिस भएको बताए ।