स्यालहरूको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन : केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा अत्याधिक विजय हासिल गर्न एमालेलाई कसैले रोक्न नसक्ने दावी गरेका छन् । शनिबार काठमाडौंमा एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले गठबन्धनलाई जनताले पराजित गरिदिने बताए ।
उनले अब हुने स्थानीय तहको निर्वाचनको नतीजा ले प्रादेशिक र संघीय चुनावको झलक दिने बताए । २० हजारभन्दा धेरै जनप्रतिनिधि जिताउनुपर्ने बताए । अध्यक्ष ओलीले ‘स्याल’हरूको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने भन्दै गठबन्धनको मनौवैज्ञानिक त्रास त्याग्न कार्यकर्तालाई निर्देशन दिए ।
पाँच दलीय गठबन्धनमा रहेको नेकपा (माओवादी केन्द्र) कमजोर भइरहेको जिकिर गरेका उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) अझै दल बन्न नसकेको टिप्पणी गरे ।