स्थानीय निर्वाचनको तयारीमा जुटयो कमल थापाको राप्रपा नेपाल


गत फागुन ७ गते घोषणा सभामार्फत पुनर्जागृत भएको राप्रपा नेपाल संगठन निर्माणसँगै स्थानीय निर्वाचनको तयारीमा जुटेको छ । भर्खरै संगठनात्मक गतिविधीको सुरुवात गरेको राप्रपा नेपालले यही चैत्र मसान्तसम्ममा ७७ वटै जिल्लामा जिल्ला कार्यसमिति गठन गर्दै स्थानीय तहसम्म पार्टी संगठनलाई विस्तार गर्ने बताइएको छ ।

पार्टीका पदाधिकारी तथा हालसम्म गठन भएका जिल्ला अध्यक्षहरु बिच आज सम्पन्न भर्चुअल बैठकमा पार्टी अध्यक्ष कमल थापाले पार्टीको सिद्धान्त, भावी कार्यक्रम तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा जानकारी दिए ।सम्बर्धनवादको वैचारिक धरातलमा सबै धर्मका बिचमा सद्भाव, सहअस्तित्व, समानता र पूर्ण धार्मिक स्वतन्त्रता कायम गर्दै नेपाललाई हिन्दुराष्ट्र कायम गराउने प्रमुख लक्ष लिएर अघि बढेको राप्रपा नेपालले नजिकिएको स्थानीय निकाय निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशदेखि स्थानीय तहसम्म प्रशिक्षण, अन्तरक्रिया र घरदैलो कार्यक्रम तत्काल सुरु गर्ने जानकारी दिंदै बैठकका सहभागिहरुलाई अध्यक्ष थापाले पार्टीका गतिविधीहरुलाई जनस्तरसम्म पु-याउन निर्देशन दिएका थिए।

स्थानीय निकायको निर्वाचनमा सम्भावना भएका स्थानीय तह, वडाहरुको पहचान गरेर सोही अनुसार निर्वाचनका गतिविधी सञ्चालन गर्न र अन्य राजनीतिक दलहरुसँग सकारात्मक चुनावी तालमेलको पहिचान गरि केन्द्रीय सचिवालयलाई जानकारी दिन समेत अध्यक्ष थापाले बैठकका सहभागिहरुलाई निर्देश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *